
काठमाडौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ तिप्ल्याङमा शुक्रबार बिहान १० बजे पर्यटक सवार यात्रुवाहक बस दुर्घटना भएको छ ।
काठमाडौँदेखि पर्यटक लिएर मुस्ताङ हिंडेको बा ३ ख ९६४७ नम्बरको बस म्याग्दीको तिप्ल्याङमा दुर्घटना हुँदा ४ जना घाइते अन्य यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घाइते भएका ४ जनालाई उपचारका लागि अन्नपूर्ण गाउँपालिकाको गाडीमा राखेर उपचारका लागि बेनी अस्पतालमा लगिएको छ । बसमा २१ जना यात्रु एक चालक र एक सहचालक गरी जम्मा २३ जना सवार रहेको थिय । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको प्रहरी नायव उपरीक्षक कुवँरले बताय ।