काठमाडौं महानगरले सुरु गर्‍याे पूर्णरुपमा अनलाईन नक्सापास सेवा

काठमाडौं । काठमाडौं महानगरले आजदेखि पूर्णरुपमा अनलाईन नक्सापासको प्रणाली सुरुवात गरेको छ । नयाँ वर्ष २०८० कमो अवसरमा महानगरपालिकाले अनलाईन नक्सापास प्रणाली सुरु गरेको हो ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ वर्षको शुभकामनासहित पूर्णरुपमा अनलाईन नक्सापासको प्रणालीको सुरुवात गरेको सामाजिक सञ्जालमा भिडियोमार्फत जानकारी गराएका छन् ।

उनले भनेका छन् । ‘यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ । यसले पहिले २–३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ ।’

यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भई पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने उनले जनाएका छन् । यस्तो सेवा नेपालको पहिलो सेवा हो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७