• २०८३ असार २५
  • 2026 July 09, Thursday

इटहरीको हलगडामा नयाँ शोरूमको सुरुवातसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो रिटेल सञ्जाललाई थप मजबुत बनाउँदै इटहरीको हलगडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ । ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै पुर्‍याउने उद्देश्य राखेको छ ।

यस शोरूमको औपचारिक उद्घाटन हिजो असार २४ गते बुधबार अपराह्न ४ः०० बजे एक भव्य समारोहमा भएको हो । उद्घाटन समारोहको नेतृत्व कजरिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले गरेका थिए । समारोहमा उपस्थित ए–क्लास मार्बल्स एण्ड टाइल्सको व्यवस्थापन टोलीले स्थानीय बासिन्दा तथा व्यावसायिक साझेदारहरूलाई नयाँ सञ्चालनमा आएको शोरुम अवलोकनका लागि औपचारिक रूपमा स्वागत गरेको थियो।

आधुनिक र ग्राहक–मैत्री शैलीमा व्यवस्थित गरिएको यस शोरूमले ग्राहकहरूलाई उत्कृष्ट र सजिलो कार्यसम्पादनको अनुभव प्रदान गर्नेछ । यहाँ आउने ग्राहकहरूले विभिन्न टायल्सका डिजाइन, प्याटर्न र फिनिसिङका विकल्पहरू प्रत्यक्ष स्पर्श गरी, महसुस गरेर आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि आवश्यक पर्ने टायल छनोट गर्न सक्नेछन् ।

“ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको हाम्रो यो सहकार्य इटहरी र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो । हाम्रा विश्वस्तरीय डिजाइनहरू स्थानीय बासिन्दाहरूको नजिकै ल्याएर हामी उहाँहरूको घर निर्माण र पुनःनिर्माणको यात्रालाई मद्दत पुर्‍याउन चाहन्छौं”, उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने ।

यो शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ । हलगडा, इटहरी तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरूममा आई नयाँ कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ ।