एमाले उपाध्यक्ष पौडेल र सचिव भट्टले एकअर्कालाई लगाइदिए सिस्सो !

काठमाडौं । कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा एमाले कार्यर्ताले एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव लेखराज भट्टलाई सिस्नो लगाएका छन् ।

नेकपा एमालेले नयाँ वर्ष २०८० तथा बिशु पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा कार्यकर्ताहरूले उनीहरूलाई सिस्नो लगाएका हुन् ।

उनीहरूले रिसले सिस्नो लगाएका भने होइनन् । बिशु पर्वको एक परम्पराअनुसार सिस्नो लगाइएको हो । नेताहरूले पनि कार्यकर्तालाई सिस्नो लगाएका थिए । सुदूरपश्चिममा बिशु पर्व धुमधामका साथ मनाइन्छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७