प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजे प्रतिनिधि सभाको संसद भवन बानेश्वरमा बैठक सुरु हुनेछ ।
आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

यसैगरी सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसमेत छ ।

यसैगरी पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पनि पारित हुने छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं वि.सं. २०१५ को आम निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका तुम्बाहाम्फेको गत शुक्रबार निधन भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७