‘जारी’ पाइरेसी भएपछि निर्माताले दिए प्रहरीमा उजुरी

काठमाडौं । पछिल्लो समय प्रदर्शनको समय सामाजिक सञ्जालबाट फिल्म पाइरेसीकाका थुप्रै घटना बाहिर आएका छन् ।

प्रदर्शनरत फिल्म ‘जारी’ पनि पाइरेसी भएको भन्दै यसका निर्माता मणिराम पोखरेलले प्रहरीमा उजुरी दिएका छन् ।

उनले आइतबार प्रहरीको साइबर ब्युरोमा पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध उजुरी दिएका हुन् ।

हलमा फिल्म प्रदर्शन भएको समय खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले उजुरीमा उल्लेख छ । उजुरीमा उक्त पाइरेसी बिरुद्ध अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत माग गरिएको छ ।

फिल्म ‘जारी’का दृश्य अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१