
काठमाडौं । दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं-११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए ।
तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको गाउँबाट खैराचोकमा आउँदै गरेको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं- १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो ।
दुर्घटनाका घाइतेमध्ये गोपालको घटनास्थलमै मृत्यु भएको र घाइते सन्देशलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताए ।
दुबै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।