रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै आउन थाले चिनियाँ पर्यटक

काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नाका पूर्ण रुपमा सञ्चालनमा आएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् ।

अध्यागमन विभागका अनुसार रसुवागढी नाकाबाट पर्यटक भित्रन थालेका छन् । विभागको तथ्यांक अनुसार सोमबार रसुवागढी नाका हुँदै १७ जना चिनियाँ नागरिक नेपाल आएका छन् । जसमा ३ जना महिला छन् । यो नाकाबाट २४ जना चिनियाँ बाहिरिएका छन् । जसमा ७ जना महिला छन् ।

नेपालमा यस दिन कुल ६ हजार २०८ जना विभिन्न नाका हुँदै नेपाल भित्रिएका छन् । जसमा भारतीय स्थल नाकाबाट भित्रने भारतीय र नेपाली नागरिकको भने गणना हुँदैन । चीनतर्फका अन्य नाकाबाट भने यात्रु अझै भित्रिएका छैनन् ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७