• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

रवि लामिछानेका चालकको अवस्था चिन्ताजनक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ।

गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं ल्याइएको थियो।

अहिलेको उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका थापाको अवस्था चिन्ताजनक छ।