पाल्पाको भैरव सामुदायिक वनमा एक पुरुष मृत फेला

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भैरव सामुदायिक वनमा एक व्यक्ति मृत फेला परेका छन् । उक्त गाउँपालिकाको वडा नं-४ ढकाल टोल बस्ने ६३ वर्षका राजकुमार घिमिरे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मंगलबार दिउँसो दुई बजेदेखि घरबाट बाहिर निस्केका घिमिरे बुधबार मृत अवस्थामा भेटिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रिब्दीकोटका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७