
काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएपछि नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाब दिएपछी पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।