काठमाडौं । चार वर्षपछि अभिनेता सलमान खान पुनः एक पटक इदको अवसर पारेर अप्रिल २१ मा फिल्म ‘किसिका भाइ किसिका जान’ लिएर आउँदै छन् ।
फरहाद सम्जीले निर्देशन गरेको फिल्ममा सलमानसँगै पूजा हेग्डे, शहनाज गिल, राघव जुयाल, पलक तिवारी, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय छ ।
फिल्मको एडभान्स बुकिङ खुलिसकेकाले फिल्मको टिकट लिनेको सङ्ख्या उल्लेख्य छ ।