१५ दिनभित्र माग सम्बोधन नभए फोहोर फाल्न नदिने ककनी र धुनीवेशी नगरपालिकाकाे चेतावनी

काठमाडाैं । बञ्चरे डाँडाबासीसँग भएको सहमति कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकालाई धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले १५ दिने अल्टिमेटम दिएका छन् ।

धुनीवेशी र ककनीका प्रमुखसहित प्रभावित वडाका अध्यक्ष र सरोकारवाला निकायबीच बिहीबार बिहान भएको बैठकले यसअघि भएको सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिने निर्णय गरेको छ ।

बैठकपछि धुनीवेशीका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जारी गरेको संयुक्त विज्ञप्तिमा १५ दिनभित्र माग सम्बोधन नभए संघर्ष गर्न बाध्य हुने उल्लेख छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७