नेवि संघकाे ५४ औँ स्थापना दिवसमा सरसफाई तथा सामग्री वितरण

बागलुङ । नेपाल विधार्थी संघको ५४ औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा सरसफाई तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस जिल्ला सदस्य जगन्नाथ आचार्यको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस बाग्लुङ्ग क्षेत्र नं १ प्रदेश खका सचिव बालकृष्ण शर्माकाे विशिष्ट आतिथ्यतामा उक्त सरसफाई तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेपाल विधार्थी संघ जिल्ला अध्यक्ष विशेष पराजुली र धवलागिरी बहुमुखी क्याम्पस नेवि संघ इकाई अध्यक्ष सुजन सापकोटाले कार्यक्रममा सहभागी सम्पूर्णमा आभार प्रकट गरेका थिए ।

यसैगरी, धवलागिरि बहुमुखी क्याम्पस इकाई सभापति सुजन सापकाेटाकाे सभापतित्व, क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता तथा क्षेत्र नं १ प्रदेश ख नेपाली कांग्रेस बाग्लुङ्गका सचिव बालकृष्ण शर्माकाे विशिष्ठ आतिथ्यतामा नेवि संघ जिल्ला कार्यसमितिको संयोजन र नेवि संघ धवलागिरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा करिब तीन सय परिक्षार्थी विधार्थीलाई शुभकामना तथा कलम पनि वितरण गरिएकाे थियाे ।

यस्तै, मुक्तिनाथ वेद विध्याश्रम बागलुङ नगरपालिका- ४ कुँडुलेमा नेपाली कांग्रेस जिल्ला सदस्य महेन्द्र आचार्यको प्रमुख आतिथ्यता, प्रदेश ख सचिव र स्वामी ऋषि प्रपन्नाचार्यको विशिष्ट आतिथ्यता एवं नेवि संघ धवलागिरी बहुमुखी क्याम्पसका इकाई अध्यक्ष, स्ववियु सभापति र निवर्तमान सभापतिलगायत पार्टीका र नेविसंघका विभिन्न तह र तप्कामा रहेका व्यक्तित्वको आतिथ्यतामा खाद्यान्न र फलफूल वितरण कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७