भारतीय र्‍यापर हनी सिंहमाथि अपहरण र मारपिटको आरोप

काठमाडौं । भारतीय चर्चित र्‍यापर हनी सिंहमाथि अपहरण र मारपिटको आरोप लागेको छ ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार एक कार्यक्रम व्यवस्थापन कम्पनीले उनीविरूद्ध अपहरण र मारपिटको आरोप लगाएको हो ।

मुम्बई पुलिसका अनुसार ‘इभेन्ट’ कम्पनीका मालिक विवेक रमनले उजुरी दर्ता गरेका हुन् । हनी सिंह र उनका साथीले आफूलाई अपहरण गरेर मारपिट गरेको उनको लगाएका छन् ।

विवेकले १९ अप्रिलमा उजुरी दर्ता गराएका हुन् । उनले १५ अप्रिलमा मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा एक कार्यक्रम आयोजना गरेका थिए ।

यस कार्यक्रममा हनी सिंह सहभागी थिए । पैसा लेनदेनमा विवाद भएपछि हनी र उनका साथीले रमनलाई अपहरण गरेको बताइएको छ ।

रमनले हनी सिंह र उनका साथीलाई पक्राउ गर्न माग गरेका छन् । हाल मुम्बई पुलिसले यस मुद्दाको छानबिन भइरहेको बताएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७