
काठमाडौं । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बसमा सवार १० यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो । लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेहरूको स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको प्रत्यक्षदर्शी अर्जुन खनालले जानकारी दिए ।
घाइते ११ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।