
काठमाडौं । शुक्रबार राति साढे ११ बजे कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा आगलागीमा परेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्दै आएका दोलखा भीमेश्वरका भूपेन्द्र बस्नेत रहेका छन् ।
मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा आगलागीको कारण गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो ।
‘डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अंग फेला परेको छ ‘परीक्षणपछि मात्र त्यो कसको भन्ने यकिन हुन्छ ।’
क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।