• २०८३ जेठ २२
  • 2026 June 05, Friday

प्रधानमन्त्रीको तस्बिरमा आपत्तिजनक शब्द लेखेर फेसबुकमा हाल्नेको खोजी, साइबर अपराधमा मुद्दा दर्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरमा भ्रामक र आपत्तिजनक शब्दहरु लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक व्यक्तिको खोजी गरिरहेको छ।

केन्द्रीय साइबर ब्युरोले डोटीको दिपायलका ४७ वर्षीय टेकबहादुर कठायतलाई खोजी गरिरहेको छ। उनी पक्राउ नपरेपनि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

कठायतलाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो। स्रोतका अनुसार कठायतले प्रचण्डको तस्बिरमा ‘म नमरेसम्म नेपाल कहिल्यै बन्दैन जनताको छोराछोरी मारेको छ म हत्यारा हो। श्रद्धाञ्जली’जस्ता शब्द लेखेर ग्यालेक्सी फोरके एनपी नामक फेसबुक ग्रुपमा पोस्ट गरेका थिए।

कठायतले उक्त सामग्री आफै तयार गरेको हो वा साभार गरेर पोष्ट गरेको हो भन्नेबारे केही खुलाउन सकेको छैन।