• २०८३ असार १२
  • 2026 June 26, Friday

यस्तो छ सोनाक्षीको डेब्यू वेब सिरिज ‘दहाड’ को टिजर (भिडिओ)

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा जोया अख्तरको ‘दहाड’ बाट वेब सिरिजमा डेब्यू  गर्दै छिन् । बुधबार यस सिरिजको टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरमा सोनाक्षी २७ जना युवती हत्याको केसलाई समाधान गर्ने प्रयासमा छिन् । सिरिजमा उनी प्रहरी अन्जली भाटीको भूमिकामा देखिएकी छिन् ।

सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सिरिजको टिजर सार्वजनिक गर्दै लेखेकी छन्, ‘जे सही हो त्यसका लागि त्यो केटी लड्न तयारी छिन्।’

क्राइम ड्रामा सिरिजमा सोनाक्षी सिन्हा, विजय वर्मा, गुलशन देवैया, सोहम शाहलगायत कलाकारको अभिनय छ ।

यस वेब सिरिजलाई रीमा कागती र रूचिका ओवरायले निर्देशन गरेका हुन् ।

८ एपिसोडको वेब सिरिज अमेजन प्राइममा प्रदर्शन हुनेछ । तर अहिलेसम्म सिरिजको प्रदर्शन मिति तोकिएको छैन ।