• २०८३ जेठ २५
  • 2026 June 08, Monday

चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, दुई जना घाइते

काठमाडौं । ताप्लेजुङमा गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।