• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

ओलीलाई लिङ्देनले भने- पूर्वराजाबारे बोलेर आफैँ उल्लु हुनुभो, म बन्दिनँ (भिडिओसहित)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीले पूर्वराजाकाे बारेमा गरेकाे टिप्पणीका कारण आफैँ उल्लु बनेकाे बताएका छन् ।

उनले ओलीले पूर्वराजाकाे बारे टिप्पणी गरेर उल्लु बनेपनि आफू भने ओलीबारे टिप्पणी गरेर उल्लु नबन्ने बताए । उनले भने- ‘काेही नभएकाे कुरा गरेर उल्लु बन्छन् भने त्यसमा टिप्पणी गरेर राजेन्द्र लिङ्देन उल्लु बन्दैन ।’

इलाममा गएकाे बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आएकाे एक ‘फेक पाेस्ट’का कारण पूर्व राजा र उनकाे परिवारमाथि टिप्पणी गरेका थिए ।

उनले भनेका थिए, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’

जबकी यो हिमानी शाहको नाममा खोलिएको फेक एकाउन्ट थियो । तर ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताए ।

‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’ उनले भनेका थिए । ओलीकाे उक्त टिप्पणीकाे सामाजिक सञ्जालमा चर्चा भएकाे थियाे ।

हेर्नुहाेस् भिडिओ :