• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सिम्रिक एयर हेलिकप्टर दुर्घटना अपडेट : ५ जना घाइते

काठमाडौं । संखुवासभाको भोटखोलामा भएको हेलिकप्टर दुर्घटनामा ५ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, हम्मरेडाँडामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेलसहित सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार घाइतेलाई अहिले दुर्घटनास्थलबाट सेना र सिम्रिककै हेलिकप्टरबाट खाँदबारी विमानस्थलमा पुर्‍याइएको छ ।

घाइतेको अवस्था हेरेर अब थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको उनले बताए । हेलिकप्टर दुर्घटनामा भएको क्षतिको यकिन विवरण भने हालसम्म प्राप्त भइसकेको छैन ।