ध्यान बीचमै छाडेर स्वदेश फर्किए अमिर खान

काठमाडौं । बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमै छाडेर स्वदेश फर्किएका छन् ।

उनी गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका हुन् ।

उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन आएका हुन् ।

१० दिन अवधीको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो । तर उनी ध्यानको अवधी पुरा नगरी स्वदेश फर्किएका हुन् ।

आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन ।

आमिर खान बलिउडका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्येका एक हुन्, जो आफ्नो बहुमुखी अभिनय कौशल र गुणस्तरीय सिनेमाप्रतिको आफ्नो प्रतिबद्धताका लागि परिचित छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१