बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

काठमाडौं । बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान घर भई बुटवल उपमहानगरपालिका-१३ जितगढी बस्ने ४४ वर्षीय श्रीधर पोखरेल रहेका छन् ।

बुधबार राती लु ६३ प ८१८५ नं को मोटरसाइकल बुटवलको नयाँगाउँबाट बेलबास आउँदै गर्दा बेलबास पाखापानीमा दुर्घटनामा परेका थिए ।

गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पश्चिमबाट आएको मोटरसाइकल सडकको विपरित भागमा पल्टिएको भेटिएकोले अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ ।

घटनाबारे सडक छेउछाउमा राखिएका सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७