यी हुन् जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्ने खेलाडीहरु

काठमाडौं । जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ ।

आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपालसहित ८ टीमको सहभागिता रहेको छ । गत चैतमा सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा अटाउँदै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

विश्वकप छनोट अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने छ । र त्याहाको प्रशिक्षण पछि नेपाली टिम स्वदेश फिर्ता नभई जिम्बावे जानेछ ।

प्रारम्भिक टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), आरिफ शेख, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७