• २०८३ असार १३
  • 2026 June 27, Saturday

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिइन्।

यसैगरी, अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको उनले बताइन् ।

उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको बताइन्।