
काठमाडाैं । रसिया-युक्रेन युद्ध अन्त्यकाे माग राखेर पाेर्चुगलमा नेपालीले शान्तिपूर्ण विराेध प्रदर्शन गरेका छन् ।
नेपाली युवा केशब बास्ताेलाकाे नेतृत्वमा मे २५ तारिकमा पाेर्चुगलस्थित रसियन एम्बेस्सी र अमेरिकन एम्बेस्सीमा शान्तिपूर्ण प्रदर्शन गरिएकाे हाे ।
बास्ताेलाका अनुसार प्रदर्शनपछि एम्बेस्डरहरुले यसबारे आफूहरुकाे ध्यानाकर्षण भएकाे जनाएका थिए । रसिया र युक्रेनकाे युद्ध अन्त्यका लागि उनले लामाे समयदेखि आवाज उठाइरहेका छन् ।