
काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान लिन सुरु गरिएको छ ।
उक्त प्रकरणमा पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराएर बयान लिन सुरु गरिएको हो ।
शुक्रबार पक्राउ परेकामध्ये केहिको बयान गराइएको छ भने अन्यको बयान आइतबारबाट निरन्तर हुने काठमाडौं अदालते जनाएको छ । सवैको बयान र त्यसपछिको थुनछेक बहस सकिन दुईसाता लाग्ने अनुमान गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोजनपत्र दायर भएको थियो ।
उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगाएतलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरि शुक्रबार नै अदालतमा उपस्थित गराएको छ । यस प्रकरणमा प्रकाउ परेका माथि ठगी, संगठित अपराध, लिखत कसुर, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको छ ।
उनीहरुमाथि २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैया बिगो माग समेत गरिएको छ ।