अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा अदिति बुढाथोकी

काठमाडौं । नेपाली फिल्मको साथसाथै भारतका म्युजिक भिडियो, विज्ञापन लगायतमा अभिनयमा सक्रिय अभिनेत्री अदिति बुढाथोकी अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा पनि देखिने भएकी छन् ।

सिरिजमा उनी मुख्य कलाकारको रूपमा देखिन लागेकी हुन् । नितिन गावडेको निर्देशन रहने सिरिजमा उनी १ देखि सिजन ३ सम्म देखिनेछिन् ।

अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको छायाकार विनोद प्रधान हुन् । अदिति अहिले यही वेब सिरिजको सुटिङमा व्यस्त छिन् ।

अदिति अभिनीत पछिल्लो नेपाली फिल्म ‘बाबरी’ केही अगाडि प्रदर्शनमा आएको थियो । उनकै होम प्रोडक्सन बाबरी फिल्मस्ले यो निर्माण गरेको थियो । बाबरी फिल्मस् अहिले नयाँ फिल्म निर्माणमा जुटेको छ ।

फिल्म ‘बाबरी’ निर्माण र प्रदर्शन समय नेपाल रहेकी अदिति धेरै समय मुम्बईमा बस्दै आएकी छन् । बलिउड फिल्म अभिनय लक्ष्य सहित उनी भारतमा सङ्घर्षरत छिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१