• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अर्थमन्त्रीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरे अनि सांसदतिर हेरेर हाँसे

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् ।

सरकारले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

अर्थमन्त्रीले यो घोषणा गर्दा संसदमा हाँसोको फोहोरा छुट्यो । सो क्रममा अर्थमन्त्री पनि केहीबेर सांसदहरुतिर हेर्दै हाँस्न पुगे ।