• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रधानन्यायधिशमा सिफारिस कार्की विरुद्ध उजुरी आह्वान

काठमाडौं । प्रधानन्यायधिशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्की विरुद्ध संसदीय सुनुवाई बिशेष समितिले उजुरी आह्वान गरेको छ । कार्की गत २७ बैशाखमा प्रधानन्यायधिशमा सिफारिस भएका थिए ।

कानुन अनुसार संवैधानिक पदमा नियुक्त भएकाहरुको संसदीय सुनुवाई गरिनुपर्छ । सोही प्रयोजनका लागि समितिले कार्की विरुद्ध उजुरी आह्वान गरेको हो । सिंहदरवारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले कार्की विरुद्ध अबको १० दिनभित्र उजुरी दिन भनेको छ ।

उजुरीका लागि आह्वान गर्दै समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराले संसदीय सुनुवाई समितिको २०७५ को दफा १२ बमोजिम उजुरी आह्वान गरेका हुन् । कार्की विरुद्ध उजुरी लिखित रुपमा पत्रमार्फत वा समितिले सार्वजनिक गरेको इमेलमार्फत पठाउन सकिनेछ । उजुरी आह्वान गर्नका लागि सरकारी सञ्चार माध्यामलाई सुचना दिन समितिले सचिवालयलाई निर्देशन दिइसकेको छ ।

कार्की विरुद्ध सुनुवाई गर्न परिषद्ले २७ बैशाखमै पत्र पठाएको थियो । सोही आधारमा कार्कीको व्यत्तिगत विवरण समितिका सबै सदस्यलाई समितिले पठाएको छ । कार्की १५ महिनादेखि सर्बोच्च अदालतमा कामु प्रधानन्यायधिशका रुपमा कार्यरत छन् ।