• २०८३ जेठ २५
  • 2026 June 08, Monday

दुई सातापछि आयो काठमाडौंमा मेलम्चीको पानी

काठमाडौं । दुई साता रोकिएको मेलम्चीको पानी पुनः काठमाडौं पठाइएको छ ।

बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि आयोजनाले गत जेठ ६ गतेदेखि पानी पथान्तरण रोकेको थियो ।

हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

२०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना(हेडवर्क्स) तहसनहस बनाएको थियो ।