काठमाडौं । कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका-७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भजनी नगरपालिका-८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति मोटरसाइकलकाे ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।