काठमाडौं । यही साता जुन ८, २०२३ मा, १० देखि १२ बजे सम्म, ब्रिज इन्टरनेशनलले क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि कमलादीस्थित आफ्नो कार्यालय परिसरमा क्यानाडा ऐडमिसन डे कार्यक्रम आयोजना गर्दैछ। उक्त कार्यक्रममा एसेन्डा कलेजका रिजनल रिक्रुटमेन्ट म्यानेजर रवि ठिलकसरीले विद्यार्थीहरुलाई क्यानाडा र एसेन्डा कलेजमा रहेको अवसरहरू बारे जानकारी गर्नेछन्।
गत दश वर्षमा क्यानाडा उच्च शिक्षाको क्षेत्रमा विदेशी गुणस्तरिय शैक्षिक अनुभव प्रदान गर्दै आकर्षित गरिरहेको छ। क्यानाडा कम लागत र उच्च जीवनस्तर र गुणस्तरिय शिक्षाको संयोजनका कारणले विद्यार्थीहरु आकर्षित भइरहेका छन। क्यानडामा विद्यार्थीहरूले उत्कृष्ट शैक्षिक अनुभवका साथै इन्टर्नशिप र जागिरका लागि धेरै अवसरहरू प्राप्त गर्छन्।
एसेन्डा स्कूल अफ म्यानेजमेन्टले गुणस्तरिय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई आफ्नो व्यवसायिक क्यारियरहरू रोजन र आफ्नो छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्न सशक्त बनाउँछ। एसेन्डाले विद्यार्थीहरूलाई सिक्न, बढ्न र अर्थपूर्ण कनेक्सन बनाउनको लागि अन्तरक्रियात्मक वातावरण प्रदान गर्दछ।
भ्यालुएबल वोर्किङ एक्स्पेरिएन्केस र उच्चगुणस्तरिय शिक्षा प्रदान गर्दै, एसेन्डाले स्नातक गर्ने विद्यार्थीहरूलाई व्यावहारिक सीपहरूका साथ इन्दुस्त्री रेडि बनाउँछ। कार्यक्रम आयोजना गर्ने ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले बेलायत, क्यानडा, अष्ट्रेलिया, अमेरिका र न्युजिल्याण्ड जस्ता देशहरूमा जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको छ।
ब्रिज इन्टरनेशनलको कार्यालयहरु नेपालमा काठमाडौंको कमलादी र महाराजगन्ज र बिर्तामोडमा छ भने बेलायतमा लण्डनमा अवस्थित छ।
