धनगढीका लागि उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ ।

श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८:१० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो । तर उडेको केही समयपछि जहाजमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा प्रेसराइजेसन सिस्टममा समस्या आएको थियो । जहाज साढे ८ बजे काठमाडौंमा सकुशल अवतरण भएको थियो ।

यात्रुहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाइसकेको उनले जानकारी दिए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७