काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।
कोषका कर्मचारीले आज कार्यालय परिसर सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घटनाबारे कर्मचारीले गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ ।
कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुन्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगन्ज) पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । रासस