छात्रवृत्ति विवरण बुझाउने काठमाडौं महानगरपालिकाका २०८ विद्यालय (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका २०८ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण बुझाएका छन् ।

शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिएअनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा विवरण पेस गरेका हुन् ।

महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति भने रद्द गर्ने चेतावनी दिएको छ ।

आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७