काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न माग सहित आन्दोलन गरिरहेकालाई भेटेका छन् ।
छुट्टाछुटै मागसहित धर्नामा बसेका तीन समूह र एक व्यक्तीलाई सिंहदरबार आउन आग्रह गरेका छन् ।
बुधबार धर्नास्थल माइतीघर पुगेर श्रेष्ठले आन्दोलनरत पक्षले राखेका बिषयहरुमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।