सांगीतिक कार्यक्रममा सहभागी हुन विदेश उडे पल शाह

काठमाडौं । जेलबाट बाहिर निस्किएपछि नायक पल शाह पहिलो पटक सांगीतिक कार्यक्रममा सहभागी हुन विदेश उडेका छन् । उनी, आज नेपाल एयरलाइन्सबाट विदेश उडेका हुन् ।

जेलबाट निस्किएपछि पलले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । निरन्तर म्युजिक भिडियोमा काम गरेका पल शाहले एक सातालाई भिडियोको काम रोकेका हुन् । उनी, मलेसियासहित ३ वटा देशमा आयोजना हुने सांगीतिक कार्यक्रमका लागि उडेका हुन् ।

जेलबाट निस्किएपछि पलको माग स्टेज कार्यक्रममा पनि खुबै बढेको छ । उनी, दाङदेखि रुकुमसम्म आयोजना भएका विभिन्न महोत्वमा सहभागी हुन पुगेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१