काठमाडौं । एसिसी महिला इमर्जिङ्ग टिम्स एसिया कपमा नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ९ रनले पराजित भएको छ ।
जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमा सिमित भयो । ओपनर कविता कुँवरले २० रन जोड्नुबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा नेपाल ऐतिहासिक जित हासिल गर्नबाट बन्चित भयो ।
नेपालले अब विहीबार समूहको दोस्रो खेलमा भारत ए को सामना गर्नेछ । त्यसपछि समूहको अन्तिम खेल शनिबार आयोजक हङकङसँग हुनेछ । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिनको खेलमा श्रीलंकाले यूएईमाथि र बंगलादेशले मलेसियामाथि जित दर्ता गरे ।