२५ सेकेन्डको विज्ञापन खेल्न जुनियर एनटिआरले लिए ८ करोड

काठमाडौं । दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर यतिबेला चर्चामा छन् ।

‘आरआरआर’ प्रदर्शन भएपछि उनको चर्चा बढ्दोक्रममा छ । उनलाई फिल्ममा मात्र नभई ब्रान्ड एम्बेसडरको पनि थुप्रै अफर आउन थालेको छ ।

उनी हालै म्याकडोनाल्डको म्याकस्पाइसी चिकेन शेयरर्सको ब्रान्ड एम्बेसडर बनेका छन् । उनले यसबाट महंगो पारिश्रमिक लिएका छन् ।

२५ सेकेन्डको विज्ञापन खेल्न उनले ६ देखि ८ करोड भारू लिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

ब्रान्ड एम्बेसडर बनेपछि उनले भने, ‘म म्याकडोनाल्डको म्याकस्पाइसी चिकेन शेयरर्सको ब्रान्ड एम्बेसडर बन्न पाउँदा निकै खुशी छु । यो आइकोनिक ब्रान्ड हो, जसलाई दुनियाँभरका लाखौं मान्छेले रूचाएका छन् । म सधैं शेयरिङमा विश्वास राख्छु । म्याकस्पाइसी चिकेन यसबारेमा भन्छ- नसम्झाउनुस्, शेयर गर्नू ।’

जुनियर एनटिआर हाल फिल्म ‘देवरा’ को छायांकनमा व्यस्त छन् । फिल्ममा जाह्नवी कपूरको पनि मुख्य भूमिका रहनेछ ।

यस्तै उनी ऋतिक रोशनको फिल्म ‘वार २’ बाट बलिउडमा डेब्यू गर्ने तयारीमा छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१