• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नेपालले यूएईलाई दियो २ सय ७७ रनको लक्ष्य

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघ (यूएई) लाई २ सय ७७ रनको लक्ष्य दिएको छ ।

जिम्बाबेमा भएको आजको पहिलो अभ्यास खेलमा नेपालले ४९.५ ओभरमा २ सय ७६ रन बनाएको छ । यूएईले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

विश्व कप छनोट प्रतियोगिताको समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्स मा पुग्नेछन् ।

सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।