काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको रिटमा सशस्त्र विद्रोहमा बालबालिकाको प्रयोगमाथि प्रश्न उठाउँदै कारण देखाउ आदेश जारी गरेको छ।