• २०८३ जेठ २२
  • 2026 June 05, Friday

इमर्जिङ टिम्स एसिया कप : भारत ‘ए’सँगको खेल वर्षाले रद्द हुँदा नेपाललाई मौका

काठमाडौं । हङकङमा जारी एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले सेमिफाइनलमा उत्रने सम्भावनालाई जीवित राखेको छ ।

बिहीबारका लागि निर्धारित नेपाल र भारतबीचको खेल बर्षाको कारण रद्द भएपछि नेपालको लागि यो सम्भावना ककायम रहेको हो ।

बर्षाको कारण भारतको ‘ए’ टोलीसँगको खेल रद्द भएपछि नेपालले एक अंक बटुलेको छ ।

यस अघि नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तान ’ए’ सँग झिनो ९ रनले पराजित भएको थियो ।

८७ रनमा अलआउट गरेको पाकिस्तानसंग नेपाल जवाफी ब्याटिङमा २० ओभरमा ७८ रनमात्र जोड्न सकेको थियो । नेपाली टोली दुई खेलबाट एक अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहदा बिहीबार नै पाकिस्तान र हङकङबीचको खेल पनि बर्षाका कारण विथोलिएको छ ।

समूह ‘ए’ रहेको भारत दुई खेलबाट तीन अंक जोड्दै पहिलो स्थानमा रहदा दोस्रो स्थानमा रहेको पाकिस्तानले पनि दुई खेलबाट तीन अंक नै जोडेको छ । घरेलु टोली हङकङ दुई खेलबाट एक अंकका तालिकाको चौथो स्थानमा छ ।

अब नेपालले यस समूहको खेलमा हङकङलाई हराए सेमिफाइलनमा उत्रन सक्ने सम्भावना प्रबल छ ।

प्राविधिक कारणले अन्तिम समयमा आएर थाइल्यान्डले प्रतियोगिता सहभागी हुन असमर्थता जनाएपछि नेपालले पहिलो पटक सहभागिताको अवसर पाएको हो ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेका बंगलादेश तीन अंकसहित पहिलो स्थानमा रहदा श्रीलंका समान अंकका दोस्रो, संयुक्त अरब इमिरेट्स यूएई दुई अंकका साथ तेस्रो र अंकविहीन मलेसिया चौथो स्थानमा छन् ।

नेपालले अब आफ्नो तेस्रो तथा समूहको अन्तिम खेल शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।