• २०८३ जेठ २५
  • 2026 June 08, Monday

ताप्लेजुङमा पहिरो, ४ जना पुरिए

काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर ४ जना वेपत्ता भएका छन् ।

बिहिबार राती देखि परेको अविरल वर्षाको कारण गएराती ताप्लेजुङको सिदिङ्गा गाँउपालिकामा पहिरा जाँदा ६ मेहेलेमा एक जना स्थानियसहित एकै घरका ३ जना वेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा स्थानिय गणेश तामाङका साथै स्थानिय एकै घरका भागीमाया बुढाथोकी, सन्ध्या बुढाथोकी र बालक प्रज्जवल बुढाथोकी रहेको प्रहरीले जानकारी गराएका छन् ।

ताप्लेजुङका डिएसपी राजन लिम्बुका अनुसार उनिहरुको खोजि भइरहेको छ भने पहिरोको क्षतीको विवरण आउन बाँकी छ ।