• २०८३ जेठ २२
  • 2026 June 05, Friday

मंगोलियाविरुद्ध खेल्दै नेपाल

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियाको सामना गर्दैछ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आज आइतबार मंगोलियाको सामना गर्नेछ । नेपाल र मंगोलियाबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपाल हरिहजुर थापाको कप्तानीमा मैदान उत्रनेछ ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोली सहभागि छन् । नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ ।

नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ’बी’ टोलीसँग खेल्ने छ ।

नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेका छन् ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।