काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपालले आयोजक जिम्बाबेको सामना गर्दैछ ।
जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेपछि नेपालले ब्याटिङ गर्दैछ ।
जिम्बाबेको राजधानी हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा सुरु भएको खेलमा नेपाली टोली घरेलु टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने पक्षमा छ ।
छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुईवटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो ।