यस्तो छ आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को ट्रेलर (भिडिओ)

काठमाडौं । अभिनेत्री आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को ट्रेलर सार्वजनिक भएको छ ।

शनिबार नेटफ्लिक्सको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा आलिया एक्सन अवतारमा देखिएकी छन् ।

टम हार्परले निर्देशन गरेको फिल्ममा चर्चित हलिउड अभिनेत्री गल गडोट र अभिनेता जेमी डोरनानको मुख्य भूमिका छ । गल गडोट ‘वन्डर वुमन’ बाट चर्चित अभिनेत्री हुन् । त्यस्तै जेमी डोरनान ‘फिफ्टी सेड्स अफ ग्रे’ बाट चर्चामा आएका अभिनेता हुन् ।

यो फिल्म अगस्ट ११ अर्थात् साउन २६ गतेदेखि नेटफ्लिक्समा प्रदर्शन हुनेछ ।

फिल्म निर्माता परिवारकी सन्तानका रूपमा बेलाबेला विभिन्न आलोचना खेपे पनि आलियाले अभिनयबाट आफूलाई अब्बल सावित गरिसकेकी छन् ।

‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड फिल्मको मुख्य भूमिकामा देखा परेकी आलियाले यसपछि राम्रा फिल्ममा आफ्नो दमदार प्रस्तुति दिइन् ।

आलिया पछिल्लो समय फिल्म ‘बह्मास्त्र’मा देखिएकी थिइन् । अब उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मा रणवीर सिंहसँग देखिनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१