
काठमाडौं । गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ ।
मंगलबार निरोज भट्ट युट्युब च्यानलमार्फत ‘किराना’ बोलको गीत सार्वजनिक गरिएको हो । उनलाई गायनमा कुशल बेल्बसेले साथ दिएका छन् ।
निरोज भट्टको शब्द रहेको गीतमा कुशल बल्बसेले संगीत भरेका छन् भने विश्वास नेपालले संगीत संयोजन गरेका छन् ।
प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडिओमा शिशिर पौडेल र स्मारिका ढकाललाई देख्न सकिन्छ ।
राजेश घिमिरेले छायांकन गरेको गीतको भिडिओलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।