‘तारक मेहताका उल्टा चश्मा’ अभिनेत्री ‘बबिता जी’ काठमाडौंमा

काठमाडौं । भारतीय टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’ का चर्चित कलाकार मुनमुन दत्त (बबिता जी)यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् ।

यो सिरिजमा उनी बबिता जी पात्रको भूमिकामा छिन् । नेपालमा समेत चर्चित यो सिरिजमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर सेयर गरिरहेकी छन् ।

भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट फिल्ममा अभिनय थालेकी थिइन् । होलिडे उनको अर्को चर्चित फिल्म हो ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१